‘ड्रीम गर्ल-२’मा ‘पूजा’ को जादु, रफ्तारमा कमाइ गर्दै

नेपालभ्युज

‘ड्रीम गर्ल-२’मा ‘पूजा’ को जादु, रफ्तारमा कमाइ गर्दै

एजेन्सी । बलिउड अभिनेता आयुश्मान खुरानाले अहिले पूजा बनेर फिल्मप्रेमीको मन जितिरहेका छन् । उनी ड्रीम गर्ल-२ मा एकदमै सुन्दर युवती देखिएका छन् । त्यसरी नै फिल्मले पनि सुन्दर कमाई गरिरहेको छ ।

ड्रीम गर्ल २ ले भारतीय बक्स अफिसमा राम्रो सुरुआत गरेको छ । फिल्मले पहिलो दिन नै १०.६९ करोडको कमाई गरेको थियो । त्यस्तै दोस्रो दिन शनिबार फिल्मको कमाई १४.०२ करोड पुगेको थियो ।

तेस्रो दिन त झनै फिल्मले बम्पर कमाइ गर्‍यो । फिल्मले आइतबार १६ करोडको कमाई गरेको बताइएको छ । यसका साथै फिल्मको कूल कमाई ४० करोड नाघिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved