सारुक आत्महत्या प्रकरणमा नम्रताले मुख खोलिन, भन्छिन्, ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

नेपालभ्युज

सारुक आत्महत्या प्रकरणमा नम्रताले मुख खोलिन, भन्छिन्, ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणबारे प्रष्टिकरण दिएकी छन् । उनले आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन्।

फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले कलाकार सारुक ताम्राकारको आत्महत्याको घटनामा आफूलाई जोडेर विभिन्न मिडियामा कपोकल्पित समाचार आएको भन्दै आपत्ति जनाएकी हुन् ।

फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनको क्रममा कलाकार सारुक ताम्राकारले रातोपुल स्थित आफ्नै घरमा आत्महत्या गरेका थिए। ताम्राकारको निधनपछि नम्रता लामो समयसम्म सामाजिक सञ्जाल र मिडियाबाट टाढा रहेकी थिइन्। विभिन्न मिडिया तथा अनलाइनले ताम्राकरको आत्महत्यामा अभिनेत्री नम्रतालाई मुछ्दै आइरहेका थिए।

सोही समाचार तथा रिपोर्टप्रति कटाक्ष गर्दै उनले आफ्नो मौनतालाई कमजोरी नठान्न भनेकी छन्। नम्रताले सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको बताएकी छिन्। उनले घटना केही समय अघिको भए पनि अहिले सामाजिक सञ्जालमार्फत यसबारे बोल्न बाध्य भएको बताइन्।

यो समाज पुरुषप्रधान हो भन्दै उनले आफू महिला भएकाले नै यति धेरै सामाजिक आक्रमणमा परेको गुनासो पनि गरेकी छन् । उनले लेखेकी छिन्, ‘एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकि यो पुरुषप्रधान समाज हो। ठिकै छ।’

सारुक ताम्राकार निकै सम्भावना बोकेका कलाकार रहेको भन्दै उनले घटनामा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन् । उनले यस प्रकरणमा पहिले मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर परिवारले पहिले बोल्न अनुमति नदिएको पनि बताएकी छन् ।

उनले फिल्म मेकर र सारुकका परिवारलाई पटकपटक सम्पर्क गर्न खोज्दा पनि हुन नसकेको बताएकी छन् । उनले लेखेकी छन्  ‘चलचित्र निर्माण समूह र मृतकका परिवारसँग मेरो परिवारका सदस्य र सहयोगीले सुरूका दिनबाटै पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन।’

घटना अनुसन्धानको प्रक्रियामा प्रहरीलाई सघाउन आफू र आफ्नो परिवार सदैव तयार रहेको बताउदै उनले ‘जस्टिस फर सारुक’ लेखेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved