रहेनन् अभिनेता सानु ताम्राकार

नेपालभ्युज

रहेनन् अभिनेता सानु ताम्राकार

काठमाडौं। अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ। शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

विसं २००६ सालमा जन्मिएका सानुले ‘मोहनी’, ‘आँधी तुफान’, ‘छोरो’, ‘वासुदेव’, ‘जिन्दगी’, ‘दशगजा’लगायत दर्जनौं चलचित्र, टेलिचलचित्र तथा भिडियोहरूमा अभिनय गरिसकेका छन् ।

चलचित्रमा अभिनय गरेका छन् । टेलिचलचित्रमा समेत काम गरेका उनी चलचित्र कलाकार संघमा पनि लामो समय आवद्ध थिए । उनले संघको कार्यवहाक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी नृत्यका कुसल प्रशिक्षकसमेत थिए ।

उनी २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले  चिन्तित रहेका ताम्राकार मिर्गौलाको उपचार गर्दागर्दै थप कमजोर भएका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved