राखीका श्रीमानको खुलासा, उनी कहिल्यै आमा बन्न सक्दिनन्

नेपालभ्युज

राखीका श्रीमानको खुलासा, उनी कहिल्यै आमा बन्न सक्दिनन्

एजेन्सी । राखी सावन्तका श्रीमान आदिल दुर्रानीले जेलबाट बाहिर निस्कने बित्तिकै राखी सावन्तका तमाम आरोपहरुलाई झुठो सावित गरिदिएका छन् । साथमा उनले प्रमाण समेत पेश गरेका छन् ।

विवाह गरेको केही समयपछि नै राखीले आदिलमाथि विभिन्न आरोपहरु लगाएर उनलाई जेल पुर्‍याएकी थिइन् । अब आदिलले जेलबाट बाहिर आउने बित्तिकै राखीलाई पूर्ण रुपमा झुठो सावित गरिदिएका छन् ।

आदिलले बलिउड बबललाई दिएको एक अन्तरवार्तामा राखीलाई लिएर ठूलो कुरा खुलासा गरेका छन् । विगतमा राखीले आफू ऊसँग गर्भवती भएको र गर्भ खेर गएको सम्म आरोप लगाएकी थिइन् ।

जसबारेमा आदिलले  भनेका छन्, ‘यो एकदमै गलत हो । किनकी राखीको गर्भासय नै छैन उनी कसरी गर्भवती हुन्छिन् । अप्रेशन गरेर राखीको गर्भासय नै हटाइएको छ त्यसैले यस्तो कुरा हुनै सक्दैन ।’

साथमा आदिलले राखीले उनलाई फसाएको भनेका छन् । उनीहरुको सम्बन्धमा यतिसम्म तिक्तता आएको छ कि उनले, “यो राखी जस्तो महिलासँग कुरा गर्नु पनि एकदमै खतरनाक हुन्छ ।”भनेका छन् ।

उनले राखीले आफ्नो न्यूड भिडियो खिचेको सम्म बताएका छन् । साथमा आदिलले यस अन्तरवार्तामा भनेका छन् राखीले पूर्वपति रितेशलाई डिभोर्स पनि दिएकी छैनन् ।

उमेरको फरकको विषयमा कुरा गर्दा आदिलले राखी आफूभन्दा १९ वर्ष ठूली भएको समेत बताए । आदिलको भनाई छ, “मैले उसलाई र उसकी आमालाई यति माया गर्थे कि उसको आमालाई म एकदमै मन परेको थिएँ ।

आमालाई क्यान्सर भएको विषयलाई लिएर राखीले सबैसँग पैसा लुट्ने गर्थी । एक दुई लाख हरेक महिना उसले डोनेशन नै लिने गर्थी ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved