प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक 

नेपालभ्युज

प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक 

काठमाडौं। अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजर सशक्त देखिन्छ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’ पात्रमा केन्द्रित रहेर फिल्म निर्माण गरिएको हो। भष्मे डन पात्रको अभिनेता बिपिन कार्की हुन्। ‘भष्मे डन’लाई दोस्रो श्रृंखलामा स्थापित गर्ने शैली टिजरमा गज्जबको छ।

टिजरमा सुनको दाँत लगाएको हुलियामा भष्मे डन उर्फ विपिनलाई देख्न सकिन्छ।
‘भष्मे डनको पुनरागमन’ उल्लेख गरिएको टिजरमा पशुपतिनाथ मन्दिर, बागमती नदी, आर्यघाट र त्यहाँ फ्याँकिएका सिक्का तथा सुनको औंठीलाई भीएफएक्समार्फत प्रस्तुत गरिएको छ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मको पटकथा र निर्माण खगेन्द्र लामिछानेको छ। विपिनसहित सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल र प्रकाश दाहालको पनि अभिनय छ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत छ। बडादशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved