संगीतकार सुरेश अधिकारीमाथिको प्रतिबन्ध फिर्ता लिए रेडियो प्रसारकहरूले 

नेपालभ्युज

संगीतकार सुरेश अधिकारीमाथिको प्रतिबन्ध फिर्ता लिए रेडियो प्रसारकहरूले 

काठमाडौं । रेडियो प्रसारक संस्थाहरूले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई प्रतिबन्ध लगाउने यसअघिको निर्णयलाई फिर्ता लिएका छन्।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले उक्त निर्णयलाई आजैबाट फिर्ता लिएको जनाएका छन्।

सामाजिक सञ्जालमार्फत संगीतकार अधिकारीले आफ्ना विवादित अभिव्यक्ति फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको जनाइएको छ।

संगीत रोयल्टीलाई राज्यस्तरबाटै व्यवस्थित गर्नुपर्छ : आरबीएफ

विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि उहाँप्रति सम्मानभाव प्रकट गर्दै संगीत रोयल्टी संकलन तथा वितरणलाई व्यवस्थित एवं पारदर्शी रुपमा अघि बढाउने कार्यमा सहकार्य गर्न आह्वान गर्दछौं। साउन ४ गतेको बैठकबाट गरिएको संगीतकार अधिकारीका सिर्जना प्रसारण गर्न नसकिने भन्ने निर्णय आजैबाट फिर्ता लिइएको छ ।’

साथै यी तीन संस्थाले संगीत रोयल्टी तथा वितरण प्रणालीमा आवश्यक कानुनको निर्माण गरी स्रष्टाको अधिकारको सम्मान गर्न तथा एफएम रेडियोको नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन पनि सरकारसँग माग गरेका छन्।।

संगीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)

 

दोहोरी साँझ रेस्टुरेन्टले अब अरूको गीत सित्तैमा गाउन नपाउने, रोयल्टी तिर्नुपर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved