संगीत रोयल्टीलाई राज्यस्तरबाटै व्यवस्थित गर्नुपर्छ : आरबीएफ

नेपालभ्युज

संगीत रोयल्टीलाई राज्यस्तरबाटै व्यवस्थित गर्नुपर्छ : आरबीएफ

काठमाडौं। नेपालका स्वतन्त्र रेडियोहरूको छाता संगठन रेडियो ब्रोडकास्ट फोरम (आरबीएफ)ले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलनका लागि व्यवस्थित प्रणालीको विकास हुनुपर्ने माग गरेको छ ।

संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै संगीत रोयल्टी संकलन समाजले विगतको सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरूकै गुनासो रहेकाले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्य व्यवस्थित बनाइनुपर्ने माग गरेको हो ।

सामुदायिक रेडिओ प्रसारक संघ (अकोर्‍याब)का महासचिव किशोरजंग थापाले संगीतकार सुरेश अधिकारीले एफएम रेडियोका सञ्चालकहरू, रेडियो आबद्ध छाता संगठन र नेतृत्वलाई तल्लो स्तरको गाली गलौज गरेको भन्दै दुःख व्यक्त गरे ।

अधिकारीले प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिएकाले उनका सिर्जनाहरू प्रसारण नगर्ने निर्णयमा पुग्न बाध्य भएको थापाले बताए ।

‘विगतमा भएका सहमति र सम्झौताअनुसार संगीत रोयल्टी संकलन समाज नामक संस्थाले सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरूकै गुनासो रहेकाले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्यका लागि व्यस्थित प्रणाली बनाइनुपर्छ’, थापाले भने ।

संगीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउन गरिएका प्रयासलाई नराम्रो नियतले प्रचार गरिएको रेडियो ब्रोडकास्ट फोरमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved