दोहोरी साँझ रेस्टुरेन्टले अब अरूको गीत सित्तैमा गाउन नपाउने, रोयल्टी तिर्नुपर्ने

दोहोरी साँझ रेस्टुरेन्टले सर्जक तथा स्रष्टाको गीत सार्वजनिक प्रयोगबापतको संगीत रोयल्टी’ तिर्नुपर्ने भएको छ। काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोकदोहोरी व्यवसायीले रोयल्टी’ तिरेर अनुमति लिएका छन्।

नेपालभ्युज

दोहोरी साँझ रेस्टुरेन्टले अब अरूको गीत सित्तैमा गाउन नपाउने, रोयल्टी तिर्नुपर्ने

काठमाडौं। दोहोरी साँझ रेस्टुरेन्टले अरू सर्जक तथा स्रष्टाको गीत सार्वजनिक प्रयोगबापतको संगीत रोयल्टी’ तिर्नुपर्ने भएको छ। काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोकदोहोरी व्यवसायीले रोयल्टी’ तिरेर अनुमति लिएका छन्।

प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले २२ जना दोहोरी साँझ सञ्चालकलाई व्यवसायीलाई लाइसेन्स प्रदान गरेका हुन्।

‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको संगीत रोयल्टी’ विषयक समारोहमा उनीहरूलाई संगीत प्रयोगका लागि अनुमति दिइएको हो।

अनुमति पत्र पाउनेमा गाउँले रोधी घर, डाँडाघरे रोधी एन्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानीमाया रोधी क्लब, मधुवन रोधी घर एन्ड सुनार हाउस, माइली रोधी घर, सोल्टिनी रोधी नाचघर, सालैजो दोहोरी साँझ, गाउँबेंसी दोहोरी साँझ, नीलकमल दोहोरी साँझ छन्।

यसैगरी जूनतारा दोहोरी एन्ड लाउन्ज, मुर्छना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एन्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौडाँडा दोहोरी साँझ, बाँसुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि लाइसेन्स पाएका छन्।

माजका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरूलाई सामूहिक रोयल्टी व्यवस्थापन समूह र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीतसङ्गीतको सार्वजनिक रूपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए।

उक्त समारोहमा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार उत्तम दवाडी, पूर्वरजिष्ट्रार बिसुकुमार केसी, सङ्गीतकर्मीहरू सुरेश अधिकारी, निर्णय श्रेष्ठ, महेश खड्का, मिलन मोक्तान र प्रहरी वृत्तका प्रमुखहरूले रोयल्टीबारेमा आफ्ना भनाइ राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved