साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल धरौटीमा छुटे

नेपालभ्युज

साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल धरौटीमा छुटे

विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका आयुष भेटवाल  १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजलासले  विराटनगर ४ का भेटवाललाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो ।  सोमबार भएको थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

भेटवालले विराटनगर महानगरपालिका-४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गरेका थिए । उक्त कुटपिटको भिडियो सामाजीक संजालमा भाइरल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved