एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बनको सूचना संसदमा सुनाइँदै

नेपालभ्युज

एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बनको सूचना संसदमा सुनाइँदै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यसै गरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ ।

यस्तै, राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved