बिजेपी हेडक्वाटरमा माओवादी प्रतिनिधिमण्डल, हेर्नुहोस् तस्वीर

पम्फा भुसाल नेतृत्वको पाँच सदस्यीय टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई छन् ।

नेपालभ्युज

बिजेपी हेडक्वाटरमा माओवादी प्रतिनिधिमण्डल, हेर्नुहोस् तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरू भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा छन् ।

माओवादी नेतृ पम्फा भुसालको नेतृत्वमा रहेको टोलीले सोमबार भाजपा (बिजेपी) मुख्यालय भ्रमण गर्‍यो । भाजपा अध्यक्ष जगत प्रसाद नड्डाले माओवादी नेतृत्वले बिजेपी मुख्यालय भ्रमण गरेको तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

भारतीय जनता पार्टीले आफ्नो आधिकारिक ट्वीटर मार्फत् माओवादी प्रतिनिधिमण्डलसँग बिजेपी मुख्यालयमा पार्टी अध्यक्ष नाड्डासँगका भेटघाटका तस्वीर सार्वजनिक गरेको छ ।

‘बिजेपीलाई चिन्नुहोस्’ अभियान अन्तर्गत भाजपाले माओवादी नेतृत्वलाई भारत बोलाएको हो । ‘हाम्रो ‘भाजपालाई जान्नुहोस्’ पहलको एक भागको रूपमा भाजपा मुख्यालयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिहरूसँग आकर्षक छलफल भयो’ भाजपा अध्यक्ष नड्डाले लेखेका छन्, ‘यो हाम्रो पार्टीको विश्वव्यापी समुदायमा पहुँच र हाम्रो पार्टीको विचारधारा र पहलहरू उनीहरूसँग शेयर गर्ने कामको निरन्तरता हो।’

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार ६ दिने भारत भ्रमणमा दिल्ली गएको थियो । टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई छन् ।

माओवादी टोलीका भेटघाटका तस्वीरहरु :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved