सुन बरामद प्रकरणमा थप एक जना समातिए, पक्राउ पर्नेको संख्या १० पुग्यो

यसअघि भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागको टोलीले दिउँसो नै पक्राउ गरिसकेको छ भने एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पनि कोटेश्वरबाट पक्राउ परिसकेका छन् ।

नेपालभ्युज

सुन बरामद प्रकरणमा थप एक जना समातिए, पक्राउ पर्नेको संख्या १० पुग्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठ रहेको बताइएको छ । श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या १० पुगेको विभागले जनाएको छ ।

यसअघि भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागको टोलीले दिउँसो नै पक्राउ गरिसकेको छ भने एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पनि कोटेश्वरबाट पक्राउ परिसकेका छन् ।

बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक लिन जेछियाङलाई अध्यागमन विभागले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागको जिम्मा लगाएपछि हालसम्म पक्राउ पर्नेको संख्या १० पुगेको हो । सोही प्रकरणमा यसअघि ६ जना पक्राउ परिसकेका छन् ।

यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल  र चिनियाँ नागरिक लिन जेछियाङ  पक्राउ परिसकेका छन् ।  उच्च अदालत पाटनले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति समेत दिइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो । उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved