सहकारी पीडितको आक्रोश : खाली ‘अर्थी’ बोकेर प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

सहकारी पीडितको आक्रोश : खाली ‘अर्थी’ बोकेर प्रदर्शन (तस्वीरहरू)
फाइल तस्वीर

काठमाडौं। देशभरका सहकारी पीडितहरू विगत १६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्। सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेर पीडितहरू एकजुट भई आन्दोलनमा उत्रिएका पीडितहरूले विभिन्न खाले प्रदर्शन गर्दै आइरहेका छन् ।

यसैक्रममा आज पीडितहरूले सरकार मरेको भन्दै माइतीघरदेखि महिलाहरूले खाली अर्थी बोकेर बानेश्वरसम्म सरकारविरोधी प्रदर्शन गरेका छन्।

सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिका अनुसार देसभर ५० अर्ब रुपैयाँको हाराहारीमा सहकारीले बचतकर्ताको नगद ठगेका छन् ।

समितिमा करिब १ सय भन्दाबढी सहकारी संस्थाबाट पीडित बनेका सदस्य आबद्ध भइसकेको समितिले बताएको छ। यो आन्दोलन अझै ससक्त हुने आन्दोलनमा सहभागी सहकारी पीडितहरू बताउँछन्।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved