सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने नेपाली महिलाको विमानस्थलमा स्वागत (तस्वीरहरु)

सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने नेपाली महिलाको विमानस्थलमा स्वागत (तस्वीरहरु)

काठमाडौ‍ं । सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोही फुन्जो झाङ्मु लामा काठमाडौं आइपुगेकी छिन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आफन्त, परिवारजन र शुभचिन्तकले स्वागत गरेका छन् ।

गोरखाको चुम उपत्यकामा जन्मेकी लामाले १४.५ घण्टामा सगरमाथाको सफल आरोहण गरी कम समयमा आरोहण गर्ने महिलाको रूपमा विश्व रेकर्ड राखेकी छिन् । उनले बुद्ध जयन्तीको दिन बिहान ६:२३ बजे सगरमाथाको शिखरमा पुगी यो कीर्तिमान बनाएकी हुन् ।

सगरमाथाअघि फुन्जोले मनास्लु, चोयु, आमादब्लम, लोबुचे र देनाली हिमाल लगायत अन्य चुचुराहरू पनि आरोहण गरेकी छिन् । आफ्नो आरोहण महिला सशक्तीकरण, हिमाली वातावरण संरक्षण र विश्व शान्तिका लागि समर्पित गर्न चाहेको लामाले बताइन् ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved