काठमाडौं । आज वैशाख पुर्णिामा अर्थात् उभौली पर्व । आज देशभरका किराँत समुदायले यो पर्व धुमधामका साथ मनाउँदै छन् ।
किराँत समुदायका मानिसहरूले वैशाख पुर्णिमामा उभौली र मंसिर पुर्णिमामा उधौली पर्व मनाउँदै आएका छन् ।
वैशाखमा गर्मी बढेसंगै बेँसीबाट लेकतिर उँभो (माथि) लाग्ने भएकाले उभौली र मंसिर लागे संगै जाडो बढ्ने भएकोले लेकबाट बेसी तिर उभो (तल) झर्ने दिन उधौली पर्व मनाइन्छ ।
उभौली पर्व किराँत समुदायका सुनुवार, राई, लिम्बु , याक्खा जातिको मुख्य पर्व हो । वसन्त ऋतुको आगमन संगै वालीनाली राम्रो होस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि भूमी पुजा गरि यो पर्व मनाइन्छ ।
आजको दिन किराँत समुदायहरू साकेलारसखेवा शिली नाँच नाच्छन् भने लिम्बु र याख्खाहरू च्याब्रूङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन् । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरू भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
बिहीबार गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल(जगडोल) वनमा अवस्थित किरात भुमेपुजा स्थलमा किराँती समुदाय उपस्थित भई यो पर्व मनाएका छन् ।
व्यवस्थापिका संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल लगायतको उपस्थितिमा किराँत समुदायले यो पर्व मनाएको छ ।
तस्वीरहरू–
Facebook Comment
Comment