बुद्धजयन्ती : बौद्धनाथ क्षेत्रमा श्रद्धालुको भीड (तस्वीरहरू)

बुद्धजयन्ती : बौद्धनाथ क्षेत्रमा श्रद्धालुको भीड (तस्वीरहरू)

काठमाडौ। आज वैशाख पूर्णिमा। बौद्धदर्शनका प्रवर्तक भगवान गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) आजकै दिन अर्थात बैशाख शुक्ल पुर्णिामामा परेकाले आजको दिनलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्दै बुद्धजयन्ती मनाउने गर्दछन्।

इसापूर्व ५६४ अर्थात् आजभन्दा २५६८ वर्षअघि नेपालको लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो।

सिद्वार्थ गौतमले २९ बर्षको उमेरमा दरबार र घरबार त्यागी भारतको गयामा तपस्या गरे संगै बुद्वत्व प्राप्त गरेका थिए।

त्यसपछि उनी गौतम बुद्धको नामले संसारभर परिचीत भए। आजको दिन बौद्ध बिहार, चैत्य, स्तूप र गुम्बाहरुमा बौद्ध धर्मावलम्बीहरुको भिड लाग्ने गर्दछ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved