नामिबियाले ४० वटा गोही लिलामी मार्फत विक्री गर्ने

नेपालभ्युज

नामिबियाले ४० वटा गोही लिलामी मार्फत विक्री गर्ने

एजेन्सी। नामिबिया सरकारले ४० वटा गोही लिलामी मार्फत विक्रि गर्ने निर्णय गरेको छ ।

धेरै नागरिक तथा जनावर गोहीको आक्रमणको सिकार भएपछि त्यसलाई ध्यानमा राख्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको छ । अधिकारीहरुका अनुसार देशका धेरै भागमा गोहीको संख्या बढेको छ र उनीहरु नियन्त्रण बाहिर गएका छन् ।

सरकारका अनुसार धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको छ ।

गोहीहरूलाई गोहीका लागि उपयुक्त बासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई बेचिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved