प्रदेशको गौरव सडकमा कालोपत्रे अन्तिम चरणमा

नेपालभ्युज

प्रदेशको गौरव सडकमा कालोपत्रे अन्तिम चरणमा

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रे प्रायः पूरा भएको छ ।

सडक कालोपत्रेको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको २२ करोड ८५ लाख ४१ हजार ७९३ रूपैयाँ लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।

नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्रे गर्न सडक स्तरोन्नति भइरहेको छ ।

दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved