फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ

नेपालभ्युज

फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको बिदाइ गरेको छ। आइतबार एन्फाले फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ गरेको हो।

नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागी हुनुअगाडि मैत्रीपूर्ण खेलको बिहीबार लागि फिलिपन्स जाँदैछन्।

नेपालले जेष्ठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ। साफ च्याम्यिनसिप असार ६ देखि १८ गतेसम्म भारतमा आयोजना हुनेछ।

साफ च्याम्पियनसिपमा नेपाल, कुवेत, भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेका छन्। समूह ‘बी’मा भने भुटान, बङ्गलादेश, लेबनान र माल्दिभ्स रहेका छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कुवेतसँग असार ६ गते खेल्नेछ। दोस्रो खेलमा भने नेपाल र भारत असार ९ गते आमने–सामने हुनेछन्। असार १२ गते हुने खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved