कागतीमा चिया सीड्स मिसाएर खानुका फाइदा

नेपालभ्युज

कागतीमा चिया सीड्स मिसाएर खानुका फाइदा

एजेन्सी । चिया सीड्स स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । तर यसमा कागती पानी मिसाएर पिउँदा शरीरलाई झनै धेरै फाइदाहरु हुन्छन् । आउनुहोस् जानौं यसबाट हुने फाइदाका बारेमा

चिया सीड्समा फाइबर, पोलिफेनल्स, एन्टीअक्सीडेन्ट्स तथा क्याल्सियम जस्ता तत्वहरु पाइन्छन् । तौल घटाउनका लागि चिया सीड्समा कागती पानी मिसाएर पिउन सकिन्छ । यसले मेटाबोलिज्म बढ्छ, जसले गर्दा शरीरमा जम्मा भएको अतिरिक्त बोसो सजिलै कम हुन्छ ।

कागती पानीमा चिया सीड्स मिसाएर पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो प्रभाव पार्छ । यसमा एन्टीअक्सीडेन्ट्स हुन्छन्, जसले इम्युनिटी बढाउनका साथै संक्रमणको खतरा पनि धेरै हदसम्म कम हुन्छ ।

यसरी नै तपाईंलाई उच्च रक्तचाप छ भने पनि चिया सीड्सलाई कागती पानीमा मिसाएर पिउन सक्नुहुन्छ । यसको सेवन गर्दा रक्तचाप सामान्य हुन्छ ।

साथै यसलाई पेट समस्याहरु कम गर्नका लागि पनि सेवन गर्न सकिन्छ । पाचन तन्त्रलाई स्वस्थ राख्न तथा पेट फुल्ने समस्या, कब्जियत आदिमा पनि यो एकदमै फाइदाजनक हुन्छ ।

कागती पानीमा चिया सीड्स मिसाएर पिउँदा छाला पनि स्वस्थ राख्न सकिन्छ । यसलाई पिउँदा शरीर डिटक्स हुन्छ जसले गर्दा दागधब्बा, डन्डीफोर आदिबाट पनि राहत पाउन सकिन्छ ।

यसरी नै यो पानी शरीरलाई डिटक्स गर्ने सबैभन्दा राम्रो उपाय हो । यसले एकदमै प्रभावकारी रुपमा शरीरबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ । जसले गर्दा शरीर फ्रेस तथा निरोगी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved