एजेन्सी । एक्नेको समस्या अनुहारमा मात्रै सीमित छैन । कहिलेकाहीँ यो शरीरको अन्य भागमा पनि हुन सक्छ, विशेष गरी पछाडि र छातीमा ।
यसका पछाडि धेरै कारण हुन सक्छन् तर, एउटा कुरा पक्का छ कि यसले आत्मविश्वासमा कमी ल्याउन सक्छ ।
शरीरमा एक्ने भएको कारणले आफूलाई मन पर्ने पहिरन लगाउन वा सामाजिक जमघटमा जान पनि कतिपयलाई हिच्किचाहट हुन सक्छ ।
यदि तपाई पनि यो समस्याबाट हैरान हुनुहुन्छ आज हामी यसबाट बच्ने उपायबारे बताउनेछौं ।
शरीरमा एक्ने हुनुको पछाडि धेरै कारणहरू हुन सक्छन्, जस्तै–
लामो समयसम्म जिममा व्यायाम गर्नु, मधुमेह, उमेर, वंशाणुगत, तनाव, निद्राको ढाँचामा परिवर्तन, रक्सी वा ड्रग्सको सेवन, स्वस्थ तौल अन्तर्गत नहुनु, छालाको सरसफाइमा ध्यान नदिनु, हार्मोनल परिवर्तन, टाइट कपडा लगाउनु
अस्वस्थ खानपिन, कपालमा अत्यधिक तेल लगाउनु ।
एक्नेबाट कसरी छुटकारा पाउन सकिन्छ ?
शरीरमा यस्ता प्रोडक्टको प्रयोग गर्नुहोस् जसले छालामा भएका पोर्सलाई बन्द नगरोस् । तेल, वाक्स र सिलिकन युक्त प्रोडक्टमा छालाको छिद्र बन्द हुने समस्या धेरै हुन्छ ।
पसिना आउनुका कारण पनि एक्ने समस्या हुन सक्छ । त्यसैले नियमित नुहाउने, सरसफाइ गर्ने, सफा लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
आफ्नो ओछ्यान, तकिया कभर र तौलिया हरेक हप्ता नियमित रूपमा सफा गर्नुहोस् । सुत्दा हामी सुत्दा ओछ्यान र तकियामा पसिना लाग्ने गर्छ जसका कारण कीटाणु जम्मा भएर शरीरमा एक्नेको समस्या निम्त्याउँछ ।
तातो मौसममा हल्का र खुल्ला कपडा लगाउनुहोस्, जसले गर्दा पसिना सुक्न सक्छ र छालाले सास फेर्न सक्छ ।
स्वस्थ आहार खानुहोस् । धेरै भुटेको वा मसलेदार खानेकुरा नखानुहोस् ।
हरेक हप्ता आफ्नो छालालाई बिस्तारै एक्सफोलिएट गर्नुहोस्, ताकि मृत कोशिकाहरू छिद्रहरूमा जम्मा नहोस् ।
यदि एक्नेको समस्या लामो समयसम्म रहन्छ भने, छाला विशेषज्ञसँग परामर्श गर्नुहोस् ।
Facebook Comment
Comment