सूर्यको किरणबाट हुनसक्छ छालाको क्यान्सर

नेपालभ्युज

सूर्यको किरणबाट हुनसक्छ छालाको क्यान्सर

एजेन्सी । देशैभर गर्मी बढिरहेको छ । एक रिपोर्टका अनुसार सूर्यको किरणका कारण छालाको क्यान्सर हुने जोखिम पनि बढ्दै गएको छ ।

यो क्यान्सरलाई मेलानोमा भनिन्छ । यो शरीरका ती भागमा बढी हुन्छ जो कडा सूर्यको किरणमा पर्छन् । क्यान्सर विज्ञका अनुसार कडा सूर्यको किरणबाट आफूलाई जोगाउनुपर्छ ।

चिकित्सकहरुका अनुसार सूर्यको किरणमा  बिहान ७ देखि ९ बजेसम्म मात्र बाहिर निस्कनुपर्छ । यस अवधिमा भिटामिन डी पाइन्छ र यसपछिको सूर्यको किरण शरीरका लागि निकै हानिकारक हुन्छ ।

सूर्यबाट निस्कने यूभि किरणले छालाको क्यान्सरको जोखिम बढाउँछ । साथै कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई छालाको क्यान्सरको जोखिम बढ्छ ।

सेतो छाला भएका मानिसलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ । क्यान्सरको जोखिम विशेष गरी घाँटी र हातमा उच्च हुन्छ।

छालाको क्यान्सरका लक्षण 

शरीरमा चाउरीपना देखा परेमा छालाको क्यान्सरको लक्षण हुन सक्छ । छालामा सेतो दागहरू आएमा पनि बेवास्ता गर्नु हुँदैन । छालामा चिलाउने र घाउहरू, घाँटीमा रातो दाग, छालामा केही विशेष परिवर्तन देखिएमा पनि क्यान्सरको लक्षण हुन सक्छ ।

यदि यस्ता लक्षणहरु तपाईंको शरीरमा देखा पर्छन् भने तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved