लजालु स्वभावबाट यसरी पाउनुहोस् छुटकारा

नेपालभ्युज

लजालु स्वभावबाट यसरी पाउनुहोस् छुटकारा

काठमाडौं ।  के तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसलाई पार्टीहरुमा मान्छेहरु सँग घुलमिल हुन मन लाग्दैन ।

कुरा गर्छु भनेर सोच्नुहुन्छ तर, पनि तपाई कुराकानी गर्न सक्नु हुन्न भने यो आत्मविश्वासको कमी हुनु हैन, बरु यसले तपाईंको लजालु स्वभावलाई झल्काउँछ ।

यहीँ स्वभावले तपाईंलाई आत्मविश्वासहीन बनाउँछ । यस बानीको कारण व्यक्तिगत र व्यावसायिक जीवन पनि प्रभावित हुन सक्छ।

त्यसैले यसलाई कम गर्नु जरुरी छ । त्यसैले आज हामी यहाँ केही टिप्स बताउने छौँ जसले तपाईंको आत्मविश्वास बढाउन मद्दत गर्ने छ ।

लजालु स्वभावबाट बाहिर निस्कनको लागी, सबै भन्दा पहिले तपाईंले आफ्नो दिमागबाट हटाउनु पर्छ कि सबैले तपाईंलाई मात्र हेरिरहेका छन् । विशेष गरी मानिसहरुको भीडमा । यस्ता ठाउँमा कसैले कसैको वास्ता गर्दैन, सबै आ-आफ्नो काममा व्यस्त हुन्छन् ।

आफ्नो लजालु स्वभावलाई जित्नको लागि, सामाजिक जमघटहरूमा भाग लिन सुरु गर्नुहोस् जुन तपाईंले अहिलेसम्म बेवास्ता गरिरहनुभएको छ ।

त्यहाँका मानिसहरूसँग कुरा गरेर आत्मसात् गर्नुहोस् । यो आवश्यक छैन कि तपाईं एकै चोटि सफल हुनुहुनेछ, तर जब तपाईं अरूको कुरा सुन्नुहुन्छ, यसले आत्मविश्वास दिन्छ जसले तपाईंलाई तपाईंको लजालु स्वभावबाट बाहिर निस्कन मद्दत गर्न सक्छ ।

आफ्नो लजालु स्वभावबाट बाहिर निस्कने सानो प्रयास गर्नुहोस् । जस्तै ऐनामा हेर्ने र आफैसँग कुरा गर्ने, चलचित्र हेर्ने, फोनमा साथीहरूसँग कुरा गर्ने आदि ।

आफूलाई एउटा सीमामा मात्र सीमित नगर्नुहोस् । कसैसँग चलचित्र हेर्न जानुहोस् वा उनीहरूसँग बाहिर घुम्ने योजना बनाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved