घाँटीमा भगवानको लकेट लगाउनु शास्त्र अनुसार ठिक कि बेठिक ?

नेपालभ्युज

घाँटीमा भगवानको लकेट लगाउनु शास्त्र अनुसार ठिक कि बेठिक ?

एजेन्सी । तपाईं धेरै व्यक्तिले भगवानको लकेट बनाएर लगाएको देख्नुभएको होला । कतिपयले सुनको वा कतिपयले अन्य गहनाको रुपमा भगवानको लकेटको प्रयोग गरिरहेका हुन्छन् ।

यस्तोमा भगवानको लकेट लगाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि आउन सक्छ । यही विषयमा आज ज्योतिष विशेषज्ञबाट जान्ने कोसिस गरौं ।

शास्त्रहरुमा बताइएको छ कि कोही पनि व्यक्तिले घाँटीमा भगवानको लकेट लगाउनु हुँदैन । यसो गर्नु अशुभ मानिन्छ ।

यदि कसैले भगवानको लकेट घाँटीमा लगाउँछ भने उसको जीवनमा सकारात्मकताको ठाउँमा नकारात्मकता आउन सक्छ ।

हरेक दिन हामीले शारीरिक शुद्धता राख्न सक्दैनौं । भोजन गर्दा वा शौचालय जाँदा कयौंपटक हामी अशुद्ध भएका हुन्छौं त्यसैले घाँटी वा शरीरको अन्य कुनै अंगमा पनि भगवानको कुनै वस्तु धारण गर्नु राम्रो मानिँदैन ।

यस्तो पनि मान्यता छ कि धर्मसँग जोडिएका कुनै पनि वस्तु धारण गर्नाले जीवनको काममा बाधाहरु आउँछन् ।

यस्तोमा लकेट लगाउँदा पनि तपाईंले अशुभ फल प्राप्त गर्नुहुनेछ । यसले जीवनमा तनाव ल्याउने सम्भावना पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved