तराई मधेसमा उखरमाउलो गर्मी, बजार सुनसान हुन थाले

नेपालभ्युज

तराई मधेसमा उखरमाउलो गर्मी, बजार सुनसान हुन थाले

काठमाडौं । तराई मधेस क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण उखरमाउलो गर्मी हुन थालेको छ ।

तराई मधेसमा वैशाख लागेसँगै गर्मी ह्वात्तै बढेको हो । अत्यधिक गर्मी हुन थालेसँगै जनजीवन प्रभावित भएको छ । बजारमा चहलपहल कम छ । सडक र बजारमा मानिसको आउजाउ पातलो हुन थालेको छ ।

भैरहवा, सिमरा , नेपालगञ्ज जनकपुर र धनगढीको तापक्रम ४० डिग्री आसपास पुगेको छ । गर्मीका कारण विशेषगरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु सबै भन्दा बढी मारमा परेका छन् ।

सर्लाहीको बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैतासहित सम्पूर्ण हाटबजार सुनसान बनेका कारण ब्यापार व्यवसाय घटेको व्यवसायी बताउँछन् ।

दिउँसोपख चर्को घामसँगै तातो हावा समेत चल्न थालेको छ । गर्मी बढ्दै जाँदा विभिन्न रोगको संक्रमण पनि हुन थालेको छ ।

चिकित्सकले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शितलता दिने खानेकुरा खान र बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved