महाभारतका ‘सकुनि मामा’ गूफी पेन्टलको निधन

नेपालभ्युज

महाभारतका ‘सकुनि मामा’ गूफी पेन्टलको निधन

काठमाडौं । विश्वव्यापी रुपमा चर्चा कमाएको भारतीय टेली सीरियल महाभारतमा सकुनि मामाको भूमिका निभाउने कलाकार गूफी पेन्टलको ७९ वर्षको उमेरमा निधन भएको छ ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो समय मुटु र मिर्गौला रोगसँग जुधिरहेका पेन्टलको उपचारका क्रममा आज विहान ९ बजे अस्पतालमा निधन भएको हो । उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

पेन्टलले १९७५ मा रफू चक्कर फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्म र टीवी सीरियलमा काम गरे । तर सन १९८८ मा आएको बीआर चोपडाको महाभारतबाट उनी चर्चाको शिखरमा पुगेका थिए ।

महाभारतमा उनले कास्टिङ निर्देशन र प्रोडक्शन डिजाइनरको जिम्मेवारी पनि निभाएका थिए । पेन्टलले सहारा समयमा केही समय राजनीतिक कार्यक्रमको प्रस्तोताका रुपमा समेत काम गरेका थिए ।

उनले दिल्लगी, सुहाग, देशपरदेश, दाभा लगायतका फिल्ममा समेत अभिनय गरेका थिए । उनी सन १९४४ मा भारतको पन्जावमा जन्मेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved