१६ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडको कारोबार

नेपालभ्युज

१६ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा कायम भएको छ ।

बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आज कारोबार सेयर कित्ता र रकम दुवै घटेका छन्। आज १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, एसिययन हाइड्रोपावर र पाँचथर पावर कम्पनी रहेका छन् ।

सर्वाधिक गुमाउनेमा सनराइज् फोकस्ड इक्युटी फन्ड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, माईखोला हाइड्रोपावर र नबिल ब्यालेनस्ड फन्ड २ रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved