आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

नेपालभ्युज

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा सुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको जानकारी दिए ।

पौडेलले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताए ।

सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved