सहकारीका बचतकर्ताको समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

नेपालभ्युज

सहकारीका बचतकर्ताको समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीका कारण बचतकर्तामा परेका समस्याबारे छलफल गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ।’ शर्माले भनिन् ।

सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्र्याकबाट ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved