आममाफीपछि किन ‘गुमनाम’ छन् रेशम चौधरी !

नेपालभ्युज

आममाफीपछि किन ‘गुमनाम’ छन् रेशम चौधरी !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि डिल्लीबजार कारागारबाट रिहा भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी यतिबेला जन्मथलो टीकापुरमै छन् ।

२०७२ भदौ ७ को टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भइ जन्मकैद भुक्तान गरिरहेका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । आममाफी पाएसँगै गणतन्त्र दिवस (जेठ १५) को दिन रिहा भएका पूर्वसांसद चौधरी त्यसैदिन कैलाली पुगेका थिए ।

चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । रेशमलाई छुटाउन रञ्जिता अध्यक्ष रहेको नाउपाले सरकारलाई निकै ठूलो दबाद दिएको थियो । उनीहरूले बाँके, बर्दिया र कैलालीका पार्टी प्रभाव रहेको क्षेत्रमा नेता/कार्यकर्तासँग भेटघाट गर्ने र कैलाली कारागारमा रहेका टीकापुर घटनामा सजाय भोगिरहेका अन्य कैदीबन्दीसमेतलाई भेट्ने कार्यक्रम थियो ।

टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका कैलाली कारागारमा रहेका कैदीबन्दीले सुरूमा रेशमसँग भेट्न अस्वीकार गरेका थिए । रेशम आउने खबर पाएसँगै कैदीबन्दीले कारागार प्रशासनलाई पत्र लेखेर भट्न अनिच्छुक रहेकोले भेट नगराइदिन अनुरोध गरेका थिए । उनीहरूको अनुरोधपछि कारागार प्रशासक (जेलर) पदमराज तिमिल्सिनाले रेशमको टोलीलाई फिर्ता पठाएका थिए । तर, रेशमले पुनः अनुरोध गरेपछि उनीहरूको भेट भएको स्रोतको दाबी छ ।

टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, प्रदीप चौधरी र वीरबहादुर चौधरी अझै कैलाली कारागारमा छन् । त्यसपछि रेशमले अन्य राजनीतिक भेटघाट पनि गरिरहेको उनका सहयोगीले जानकारी दिए । रेशमले टीकापुर घटनामा मारिएका बालकको परिवारलाई समेत भेट गरेका छन् । पार्टी अध्यक्ष एवम् मन्त्रीसमेत रहेकी श्रीमती रञ्जितासँगै रेशम टीकापुर घटनामा ज्यान गुमाएका बालक स्व.टेकबहादुर साउदको परिवार भेट्न पुगेका थिए ।

साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूल पहल गर्ने आश्वासन दिएर फर्केको सो पार्टीले जनाएको छ । सो भेटमा रेशमले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने समेत सुनाए । उनले त्यस घटनामा ज्यान गुमाएका प्रहरी अधिकारीहरूले पनि न्याय पाउनुपर्ने समेत बताएका थिए ।

उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको र त्यसमा व्यक्तिगत कारण नभइ रानीतिक कारण रहेको समेत दाबी गरे । टीकापुर हत्याकाण्डमा एक नाबालकसहित आठ जना सुरक्षाकर्मी मारिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved