नक्कली भुटानी शरणार्थी प्रकरण :

सर्वोच्चद्वारा टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

शेर्पा र चौधरीलाई धरौटी र मियाँलाई साधारण तारेखमा छाड्न आदेश

नेपालभ्युज

सर्वोच्चद्वारा टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा यस्तो निर्णय सुनाएको हो ।

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारी सहितले थुनामुक्त गर्नुपर्ने माग राखेर निवेदन दिएका थिए ।

तर, सर्वोच्चले रायमाझीको हकमा अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गर्दै धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

थुनामै रहनेमा रायमाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा छन् ।

यता, आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ठगी, सरकारी कीर्ते, संगठित अपराध, राज्यविरुद्धको अपराधलगायत कसुरमा उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved