हलेसी तुवाचुङलाई ‘कोशी’ नलेख्न माग

नेपालभ्युज

हलेसी तुवाचुङलाई ‘कोशी’ नलेख्न माग

हलेसी । किरात गणराज्य मोर्चा, खोटाङ र प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले कोशी नलेख्न माग गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

मङ्गलबार हलेसीस्थित नगरपालिकाको कार्यालय नै पुगेर नगरप्रमुख विमला राईलाई उक्त ध्यानाकर्षणपत्र बुझाइएको किरात गणराज्य मोर्चा, यलाखोम समितिका संयोजक खुक्सङ खुम्बु राईले जानकारी दिए । किरात गणराज्य मोर्चा, खोटाङका संयोजक रोशन किराती, किरात गणराज्य मोर्चा, खोटाङकै सल्लाहकारद्वय खिलाकुमार राई र रामप्रसाद राई तथा अन्य स्थानीय नेताहरूको उपस्थितिमा बुझाइएको ध्यानाकर्षणपत्रमा नगरपालिकाको आधिकारिक दस्तावेजमा कोशी नलेख्न माग गरिएको छ ।

राईले नेपालभ्यूजसँग भनेका छन्, “कोशी नामको बोर्ड/ब्यानर नलेख्ने, कोशी नाम उल्लेखित लेटरप्याड प्रयोग नगर्ने अनुरोध गर्‍यौँ ।”

जवाफमा नगरप्रमुख राईले सकारात्मक प्रतिक्रिया दिएकी छन् । पहिचान पक्षधर आन्दोलनमा ऐक्यबद्धता जनाएको जानकारी दिँदै नगरप्रमुख राईले समितिको मागमा सकारात्मक पहल गर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved