सेसिफको राष्ट्रिय सम्मेलन सम्पन्न, महिलावादी परराष्ट्र नीतिमा केन्द्रित

नेपालभ्युज

सेसिफको राष्ट्रिय सम्मेलन सम्पन्न, महिलावादी परराष्ट्र नीतिमा केन्द्रित

काठमाडौं । सामाजिक नवप्रवर्तन तथा विदेशी नीति केन्द्र (सेसिफ)ले आयोजना गरेको ‘नेपाली भविष्यको आकारिकरणः महिलवादी विदेशनीतिको सन्दर्भ र मार्गचित्र’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपालस्थित अष्ट्रियाली दुतावास, एशिया फाउन्डेसन र युएनडीपीको सहयोगमा आयोजित सम्मेलन मंगलबार मेरियट होटेलमा सम्पन्न भएको हो ।

सम्मेलनमा महिलावादी परराष्ट्र नीति (एफएफपी)का सिद्धान्तलाई नेपालको परराष्ट्र नीतिको ढाँचामा एकिकरण गरी यसलाई थप समावेशी र समातामुलक बनाउनु र महिलावादी दृष्टिकोणले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो ।

सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले मार्गचित्र तयार गरेर अगाडि बढ्नुपर्ने बताए ।

सम्मेलनमा बोल्दै नेपाल सरकारको विदेश मन्त्रालय सचिव सेवा लम्सालले महिलावादी परराष्ट्र नीतिजस्तो महत्वपूर्ण र अत्यावश्यक विषयमा सम्मेलन आयोजनाको पहलकदमी लिए बापत आयोजक संस्थालाई धन्यवाद दिएकी थिइन् ।

आयोजक संस्थाका अनुसन्धान निर्देशक अजयभद्र खनालले मुख्य बुँदाको चर्चा र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रममा नीतिनिर्माता, प्रशासक, राजनीतिज्ञ, नागरिक समाज, महिला आन्दोलनका नेता, नेपाल स्थित कुटनीतिक नियोगका महिला कुटनीतिज्ञ, नेपालका लागि संयुक्त राष्ट्र संघीय संस्थाका विभिन्न प्रतिनिधिलगायतको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved