काँचो आँपले भगाउँछ गर्मी

नेपालभ्युज

काँचो आँपले भगाउँछ गर्मी

एजेन्सी । गर्मीलाई मात दिनका लागि तपाईंले आफ्नो खानपानमा काँचो आँपलाई समावेश गर्न सक्नुहुन्छ । यसले तपाईंको शरीरभित्रको गर्मीलाई बाहिर ल्याउने काम गर्छ । काँचो आपलाई तपाईं विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ ।

सलाद
काँचो आँपको स्वाद लिने सबैभन्दा सजिलो तरिका हो सलाद । तपाईं अन्य सलादमा काँचो आँपलाई सानो टुक्रा काटेर मिसाउन सक्नुहुन्छ । यसरी तपाईंले काँचो आँपलाई आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ ।

शरबत

काँचो आँपको शरबत बनाउनका लागि तपाईंले काँचो आँपलाई काटेर सानो टुक्रा पार्ने र त्यसमा थोरै पुदिनाको पात मिसाएर मिक्सरमा पिस्नुहोस् । स्वादका लागि यसमा गुड वा महको प्रयोग गर्न सकिन्छ । यसमा आवश्यकअनुसार पानी मिसाउनुहोस् र उक्त पानी पिउनुहोस् । यसरी दिनमा एक गिलास शरबत पिएमा तपाईं डिहाइडे«शनबाट पनि बच्न सक्नुहुन्छ ।

चटनी

काँचो आँपको चटनी बनाउनका लागि तपाईं काँचो आँप, हरियो खुर्सानी, धनियाँको पात वा पुदिनाको पातको प्रयोग गर्न सक्नुहुन्छ । यी सबैलाई मिसाएर त्यसमा आवश्यकअनुसार नुन राखेर पिस्नुहोस् । यसरी तपाईंको अचार एकछिनमै तयार हुनेछ । यसलाई रोटी वा भातसँग खान सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved