एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल : नेपालले आज बंगलादेशसँग खेल्दै

नेपालभ्युज

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं। एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार बंगलादेशसँग खेल्दैछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद (राखेप) को सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तान, श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा  प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved