उपेन्द्र यादवले बोलाए आफ्ना सांसद र नेतालाई, सरकारमाथिको समर्थनका विषयमा निर्णय गर्ने

नेपालभ्युज

उपेन्द्र यादवले बोलाए आफ्ना सांसद र नेतालाई, सरकारमाथिको समर्थनका विषयमा निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले बाँकी रहेका आफ्ना सांसदलाई छलफलमा बोलाएको छ । अमेरिकाबाट फर्किए लगत्तै अध्यक्ष यादवले सांसदहरुलाई छलफलमा बोलाएका हुन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवसँग अहिले उनीसहित ५ सांसद मात्रै छन् । पार्टी प्रवक्ता मनिष सुमनले बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेकाले महाधिवेशन नरोकिने बताएका छन् । समाजवादीले जेठ २८ गते जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

आजको बैठकमा पार्टी विभानजपछिको अवस्था र महाधिवेशनका विषय नै मुख्य एजेण्डा रहेको सुमनले बताए । सुमनका अनुसार निर्वाचन आयोगको भूमिकाका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यादव अमेरिका भ्रमणमा रहेका बेला गत आइतबार जसपाका १२ मध्ये सात सांसदले पार्टी छोडेका थिए । विभाजनपछि गठन भएको जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् ।

उनको पक्षमा सात जना सांसद छन् । राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved