एकीकृत समाजवादी महाविधेशनको तयारीमा जुट्यो, साझा धारणा बनाउन श्रृंखलाबद्ध बैठक

नेपालभ्युज

एकीकृत समाजवादी महाविधेशनको तयारीमा जुट्यो, साझा धारणा बनाउन श्रृंखलाबद्ध बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाइएको हो ।

बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल हुने खतिवडाले बताए । स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्युरो बैठक बोलाइएको छ ।

दुवै कमिटीबाट आएका सुझाव केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाइने समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved