नेपालले मलेसियासँग टी–२० सिरिज खेल्ने

नेपालभ्युज

नेपालले मलेसियासँग टी–२० सिरिज खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ।

सिरिज मलेसियास्थित वाईएसडी–यूकेएम ओभलमा हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी गराएको हो।

नेपाल र मलेसियाले पहिलो खेल मे २९ मा खेल्ने छन्। दोस्रो खेल मे ३० मा हुनेछ।

जुन १ मा दुवै राष्ट्र तेस्रो खेलको लागि आमने सामने हुनेछन्। चौथो खेल जुन ३ मा र पाँचौँ खेल जुन ४ मा हुनेछ।

गत वर्ष एसीसी महिला टी–२० प्रतियोगितामा प्रतिस्पर्धा गरेपश्चात नेपाल र मलेसियाबीच यो पहिलो भिडन्त हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved