अमेरिकी टोलीमाथि नेपालको लगातार दोस्रो जित

नेपालभ्युज

अमेरिकी टोलीमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले अमेरिकी टोलीसँग दोस्रो अभ्यास खेल पनि जितेको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको हो ।

योसँगै नेपालले दुई खेलको श्रृंखला ‘क्लिन स्वीप’ गरेको छ ।

गए राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ अमेरिका र क्यानडासँग विश्वकपअघिको औपचारिक अभ्यास खेल खेल्नेछ ।

क्यानडासँग सोमवार र अमेरिकासँग बिहीवार खेल्ने कार्यतालिका छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved