आईपीएलको फाइनलमा कोलकाता र हैदराबाद आमनेसामने हुँदै

नेपालभ्युज

आईपीएलको फाइनलमा कोलकाता र हैदराबाद आमनेसामने हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद आमने सामने हुदैछन् ।

उपाधिका लागि यी दुई टोली बेलुका पौने ८ बजे मैदान उत्रने छन् । आईपीएलको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा हुँदैछ । हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो भने हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा आइपुगेको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved