भुटानी शरणार्थी प्रकरण :

यस्तो छ खाण पक्राउ पर्नुको कारण, उनी गृहमन्त्री हुँदा बनाइएको थियो नक्कली प्रतिवेदन

खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ। प्रहरीले सक्कली र नक्कली दुवै प्रतिवेदन प्राप्त गरेको छ र तिनै कागजात भिडाएर प्रमाणित गरेपछि खाण पक्राउ परेका हुन्।

नेपालभ्युज

यस्तो छ खाण पक्राउ पर्नुको कारण, उनी गृहमन्त्री हुँदा बनाइएको थियो नक्कली प्रतिवेदन

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनकै नेतृत्वमा यो प्रकरण अघि बढाइएको र पैसाको लेनदेनसमेत गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ।

खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ। प्रहरीले सक्कली र नक्कली दुवै प्रतिवेदन प्राप्त गरेको छ र तिनै कागजात भिडाएर प्रमाणित गरेपछि खाण पक्राउ परेका हुन्।

खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण प्रहरीसँग छ। पछिल्लो बयानमा गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ। पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत बयान दिइसकेका छन्।

स्रोतले भन्यो ‘‘सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो। अन्ततः पाण्डेले बालकृष्ण खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएपछि उहाँलाई पाणि पक्राउ गरिएको हो।’’

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

प्रहरीलाई दिएको जाहेरीमा पीडितहरूले एउटा आधा घण्टाको अडिओ पनि बुझाएका छन्। उक्त अडिओमा पीडितले खाणको घरमा गएर ६ करोड रुपैयाँ बुझाएको उल्लेख छ। खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड र नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडिओमा उल्लेख छ।

उक्त संवाद पीडित र बिचौलियाबीच भएको थियो। बिचौलिया हाल पनि हिरासतमै छन्।

यस प्रकरणमा खाणसहित १२ जनालाई पक्राउ परेको छन्। पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ परिसकेको छ।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

भुटानी शरणार्थी पहिचान गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठमा कार्यदल बनाएको थियो। गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म पनि गोप्य नै छ। तर बिचौलियाले उच्च राजनीतिक व्यक्तिहरूबाट प्रतिवेदन प्राप्त गरेका थिए।

प्रतिवेदन प्राप्त गरेपछि बिचौलियाहरूले आफूखुसी नक्कली भुटानी शरणार्थीको नाम थप गरेका थिए। आफूहरूको गृह मन्त्रालयसम्म चिनजान रहेको भन्दै उनीहरूले झापा, दाङ, मोरङलगायत जिल्लाका मानिसहरूसँग अमेरिका पठाउने भन्दै पैसा लिएका थिए।

सम्बन्धित समाचार-

शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ

प्रचण्ड भर्सेस ओली दोहोरी ब्याटल: शरणार्थी प्रकरणको विषयान्तर प्रयास (भिडिओ)

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

प्रचण्ड–देउवा–ओली भेटको असर नक्कली शरणार्थी छानबिनमा पर्छ कि पर्दैन  ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved