पहिचानको विपक्षमा माधव, भने- ‘कोशी नाममै सबैले अपनत्व महसुस गर्नुपर्छ’

स्रोतकाअनुसार अध्यक्ष नेपालले प्रदेशका सांसदहरूलाई कोशी प्रदेशविरुद्धको गतिविधिमा संलग्न नहुन निर्देशन दिइसकेका छन् । 

नेपालभ्युज

पहिचानको विपक्षमा माधव, भने- ‘कोशी नाममै सबैले अपनत्व महसुस गर्नुपर्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘कोशी’ नाममै सबैले अपनत्व महसुस गर्नुपर्ने बताएका छन् । आइतबार कोशी प्रदेशको राजधानी विराटनगर पुगेका नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै भनेका छन्, “हामीले सबैलाई सम्झाएर कोशी प्रदेशमै अपनत्व महसुस गरेर अगाडि जानुपर्छ ।”

०७९ फागुन १७ गते तत्कालीन प्रदेश नं. १ को नाम कोशी पारित हुँदा एकीकृत समाजवादी विपक्षमा उभिएको थियो । कोशी प्रदेश, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई नेतृत्वको संसदीय दलले त्यसबेला कोशी प्रदेश नामको प्रस्तावको विपक्षमा मतदान गरेको थियो । तर, त्यसको २ महिनापछि त्यहीँ पुगेका अध्यक्ष नेपालले भने पहिचान विरोधी अभिव्यक्ति दिएका हुन् ।

उनले कोशी प्रदेशलाई नै स्थापित गरेर लानुपर्ने बताएका छन् । “कोशी प्रदेशमा सहमति नै भएको रहेछ । त्यसमा हामीले सम्झाएर सबैको पहिचान हो भन्ने स्थापित गरेर सबैले अपनत्व महसुस गरेर जानुपर्छ । यो कुनै संस्कृतिसँग, कुनै धर्मसँग जोडिएको विषय होइन । यो नेपालको प्राकृतिक सम्पदा हो यो । कोशी हामी सबैको गौरब हो । सगरमाथा पनि गौरब नै हुन्थ्यो । यसमा हामीलाई कुनै आपत्ति थिएन । अब कोशीमा सहमति भइसकेपछि त्यसचाहिँ हामीले मानेर सम्झाएर जानुपर्छ ।”

उनले प्रदेशका सांसदहरूले आफूखुसीले निर्णय गरेको बताए । “हाम्रा केही साथीहरूले चाहिँ आफ्नो ढङ्गले चल्ने काम गर्नुभएको भन्ने सुन्नमा आयो ,” उनले भनेका छन्, “अब कोशीलाई नै स्थापित गरेर, यसमै सबैले अपनत्व महसुस गरेर अगाडि जानुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved