के बच्चाको आँखामा गाजल लगाउनु सुरक्षित हुन्छ ?

नेपालभ्युज

के बच्चाको आँखामा गाजल लगाउनु सुरक्षित हुन्छ ?

एजेन्सी । साना बच्चाहरुको आँखामा गाजल लगाउने अहिले पनि हाम्रो समाजमा संस्कार जस्तो मानिन्छ । मानिसहरुको बुझाईमा गाजल लगाउँदा बच्चाको आँखा ठूलो देखिन्छ साथै उनीहरुलाई कसैको नजर लाग्दैन भन्ने छ । त्यस्तै कतिपय परिवारहरुमा यसलाई परम्परा तथा संस्कारको रुपमा पनि मान्दछन् । तर यदी यसलाई वैज्ञानिक ढंगले सोंच्नुभयो र हेर्नुभयो भने यो एकदमै नोक्सानदायक हुन सक्छ ।

साना बच्चाहरुका आँखा एकदमै संवेदनशील हुन्छन् यदी गल्तीले पनि गाजल आँखा भित्र गयो भने यो धेरै समस्याहरुको कारण बन्न सक्छ । यसबाहेक धेरै जस्तो मानिसहरु घरमै बनाएको गाजल नै बच्चाहरुलाई लगाइदिने गर्दछन् । तर के घरमा बनाएको गाजल सुरक्षित छ त ? यस विषयमा पनि विभिन्न डाक्टर तथा विशेषज्ञहरुले सल्लाहसुझाव दिएका छन् । जसलाई आज हामी जान्ने प्रयास गर्नेछौं ।

के गाजल लगाउन सुरक्षित छ ?

बच्चाहरुको आँखालाई ठूलो देखाउन वा कालो बनाउन उनीहरुको आँखामा गाजल लगाइने गरिन्छ । सदियौंदेखि यो विचारलाई मानिएको पनि छ र लागू पनि अहिलेसम्म गरिएको छ । तर विशेषज्ञहरुका अनुसार कुनै पनि प्रकारको गाजलले बच्चाको आँखा नोक्सान पुर्‍याउन सक्छ । साना बच्चाहरुका आँखा एकदमै संवेदनशील हुने गर्दछन् यस्तोमा उनीहरुको आँखामा कुनै प्रकारको सामग्री वा केमिकलको प्रयोग एकदमै नोक्सानदायक हुन सक्छ ।

विशेषज्ञहरुको सल्लाह मान्नुहुन्छ भने आँखामा गाजल लगाउनु बच्चाका लागि कुनै पनि कोणबाट सुरक्षित छैन । गाजलमा धेरै मात्रामा लिड पाइन्छ । जो आँखाको माध्यमबाट शरीरका अन्य अंगहरुमा गएर पनि प्रभावित पार्न सक्छ । जसले गर्दा मस्तिष्क, मृगौला तथा बोन म्यारोसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

कस्तो समस्याहरु हुन सक्छ

बच्चाहरुको आँखा गाजल लगाउँदा उनीहरुलाई केमिकल कन्जक्टिवाइटिसको समस्या हुने खतरा रहन्छ । यस समस्यामा आँखामा संक्रमण हुनु, आँखा रातो हुनु, आँखाबाट पानी आउनु तथा आँखा टाँसिने जस्ता समस्याहरु हुन सक्छन् । त्यहीँ यदी समस्या बढ्दै गयो भने संक्रमण पनि बढ्ने तथा आँखाबाट पिप, कचेरा आदि निस्कने समस्या देखिन थाल्छ ।

यदी बच्चालाई दिनहुँ गाजल लगाइदिने गरेमा यसले कार्नियल अल्सरको समस्या पनि आउन सक्छ । यस्तो समस्यामा आँखा रातो हुने, आँखा दुख्ने जस्तो लक्षण देखिन्छ । समस्या बढ्दै गएपछि शरीरका अन्य भागहरुमा पनि यो सर्दै जान्छ ।

के घरमा बनेको गाजल सुरक्षित छ ?

घरमा बनाइने गाजल प्राकृतिक रुपमा तयार गरिन्छ । तर पनि यो नवजात शिशुका लागि सुरक्षित हुँदैन । यसका साथै बच्चाको आँखामा गाजल औंलाको सहायताले लगाइन्छ जसकारण हातबाट किटाणुहरु आँखामा गएर संक्रमण हुने खतरा रहन्छ । त्यसैले बच्चाको आँखामा घरमा बनाएको गाजल पनि लगाउनु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved