यी हुन सक्छन् एलोवेराको साइड इफेक्ट्स

नेपालभ्युज

यी हुन सक्छन् एलोवेराको साइड इफेक्ट्स

एजेन्सी । तपाईंले सधैं एलोवेरा जेलका फाइदा बारे मात्र सुन्नुभएको होला । तर, तपाईंलाई थाहा छ, औषधिय गुणले भरपूर एलोवेरा जेलका केही नोक्सानी पनि हुन सक्छन् । आउनुहोस् जानौं कसरी ?

कतिपयले एलोवेरालाई सिधै विरुवाबाट निकालेर छालामा लगाउने गर्छन् । यसो गर्नाले छालामा एलर्जी आउने तथा आँखा वरिपरि लगाउँदा आँखा रातो हुने समस्या हुन सक्छ ।

एलोवेराको पातमा ल्याटेक्स हुन्छ, जो स्वास्थ्यका लागि खराब हुन सक्छ ।

यसलाई सिधै विरुवाबाट निकालेर सेवन गर्नु हुँदैन । यसले पेट सम्बन्धी समस्या हुन सक्छ ।

एलोवेरा जुसको सेवन गर्नुहुन्छ भने पनि सीमित मात्रामा नै गर्नुहोस् । धेरै मात्रामा एलोवेरा जुस खाँदा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन सक्छ । जसले गर्दा डिहाइड्रेशनको समस्या हुन सक्छ ।

यदि तपाईंको रगतमा सुगरको मात्रा पहिले नै कम छ भने एलोवेरा जुसको सेवन बिल्कुलै नगर्नुहोला । यसले शरीरमा कमजोरी आउन सक्छ । यदि तपाईं मधुमेहको विरामी हुनुहुन्छ भने एलोवेराको सेवन गर्नुअघि डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

एलोवेरा जेलमा बायो एक्टिव कम्पाउन्ड हुन्छन्, जसले कलेजोको क्रियाकलापलाई प्रभावित गर्न सक्छ । त्यसैले यसको सेवन गर्नु अघि विशेषज्ञको सल्लाह अवश्य लिनुहोस् ।

गर्भवती वा स्तनपान गराइरहेका महिलाले पनि एलोवेराको सेवन गर्नु हुँदैन । यसले महिलाको स्वास्थ्यसँगै शिशुमा पनि नराम्रो असर पर्न सक्छ ।

एलोवेरा जेलको अत्यधिक सेवनले शरीरमा पोटाशियमको मात्रा कम हुन सक्छ जसले गर्दा मुटु सम्बन्धी समस्या, कमजोरी, थकान, छाती पोल्ने आदि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved