गर्मीमा आँखाको ख्याल कसरी गर्ने ?

नेपालभ्युज

गर्मीमा आँखाको ख्याल कसरी गर्ने ?

एजेन्सी । गर्मीमा कडा घाम तथा तातो हावाले गर्दा छाला मात्र होइन हाम्रो आँखामा पनि प्रभाव पार्छ । गर्मी तथा तातो हावा आँखाका लागि एकदमै हानिकारक हुन्छ ।

त्यसैले जानौं गर्मीमा आँखाको स्याहार गर्ने तरिकाबारे ।

हाइड्रेट रहने

गर्मीमा शरीरलाई हाइड्रेट राख्नु आँखाका लागि पनि आवश्यक हुन्छ । यसले आँखामा भित्रैदेखि आद्रता बनाइरहन्छ ।

घाममा नजाने

एकदमै तेज सूर्यको किरण आइरहेको बेला बाहिर निस्कनबाट बच्नुपर्छ । निस्कनै पर्ने बाध्यता भए आँखामा कालो चस्मा लगाएर मात्र निस्कनु पर्छ । यसले आँखामा सिधा चर्को घाम पर्दैन ।

आँखालाई नछुने

कुनै पनि मौसममा आँखालाई पटक-पटक छुनु हुँदैन । यसले आँखामा संक्रमण हुने खतरा रहन्छ । हामी जतिबेला पनि हात धोएका हुँदैनौं जसले गर्दा हातमा भएका किटाणु आँखामा गएर नराम्रो असर गर्न सक्छ ।

निद्रा पुरा गर्ने

आँखालाई आराम दिनका लागि निद्रा पनि पूरा लिन जरुरी हुन्छ । निद्रा नपुग्दा शरीरसँगै आँखा पनि थाक्ने गर्छन् जसले गर्दा दिनभर हेर्न समस्या हुन्छ ।

काँक्राको प्रयोग

बाहिर काम गर्दा तथा लगातार कम्प्यूटर आदिमा काम गर्दा आँखामा तनाव हुन्छ । जसलाई कम गर्न आँखामा काँक्राको टुक्रा वा जुस लगाउन सक्नुहुन्छ । यसले आँखालाई सितल बनाउनुका साथै तल आउने कालो घेरा कम गर्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved