आईपीएल : चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

नेपालभ्युज

आईपीएल : चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

एजेन्सी । ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई हराएको छ ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएर राजस्थान शीर्ष स्थानमा पनि उक्लिएको छ ।

राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो ।

चेन्नाईका लागि शिभम दुवेले ५२ रनको अर्धशतकीय ईनिङ खेले । राजस्थानका लागि एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ विकेट लिए । जेसन होल्डर र कुलदिप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ७७ रनको अर्धशतकीय ईनिङ खेले । चेन्नाईका लागि तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए ।

राजस्थान आठ खेलमा पाँच जित र तीन हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । चेन्नाई आठ खेलमा पाँच जित र तीन हारका साथ तेस्रो स्थानमा खस्किएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved