बारा २ : मतान्तर बढाउँदै उपेन्द्र, रमेश चौथो

बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल ७३९ मतसहित चौथोमा सीमित भएका छन् ।

नेपालभ्युज

बारा २ : मतान्तर बढाउँदै उपेन्द्र, रमेश चौथो

काठमाडौं । बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन् । ४ हजार २८८ मतसहित उनी अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ३ हजार ३९६ मत पाएका छन् । कुशवाहाको यो मत उपेन्द्रको भन्दा ८९२ ले कमी हो ।

तेस्रोमा रहेका नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले १ हजार ८९५ मत पाएका छन् । सुरुवातदेखि नै तेस्रो स्थानमा रहेका उनी अहिले पनि तेस्रो स्थानमा छन् ।

बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल ७३९ मतसहित चौथोमा सीमित भएका छन् । यस्तै आम जनता पार्टी (आजपा) का उम्मेदवार अरुणकुमार ज्ञवालीले २९२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सोनालाल प्रसाद सातेलीको पक्षमा २२ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved