बैजनी रंगमा रंगियो काठमाडौं (तस्वीरहरू)

फुल्यो ज्याकारान्डा

बैजनी रंगमा रंगियो काठमाडौं (तस्वीरहरू)

काठमाडाैं। ज्याकारान्डा अमेरिकाको रैथाने बिरुवाको ४८ प्रजातिहरू मध्येको एक हो । नेपालमा पाइने ‘ब्लू ज्याकारान्डा’ को वैज्ञानिक नाम ‘ज्याकारान्डा मिमोसिफोलिया’ हो । राजा वीरेन्द्रले अमेरिका भ्रमणमा जाँदा यसको बिरुवा ल्याएकाले नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ ।

ज्याकारान्डा पाराग्वे, उरुग्वे, दक्षिणी क्यालिफोर्निया, फ्लोरिडा, मेक्सिको, कोलम्बिया, साउदी अरेबिया, अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बावे, अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, इटाली, पोर्चुगलमा धेरै पाइन्छ । यो दक्षिण एसियाको नेपाल, पाकिस्तान र भारतका धेरै भागहरूमा पनि पाइन्छ ।

यो बिरुवा अन्य बिरुवाको तुलनामा छिटो बढ्ने र खडेरी सहन सक्ने क्षमताका हुन्छन् ।

ज्याकारान्डा फुलेसँगै काठमाडौं शहर यतिबेला बैजनी रंगले सजिएको छ । दरबारमार्ग, रत्नसपार्क, सुन्धारालगायत चक्रपथको विभिन्न क्षेत्रमा दायाँ-बायाँ फुलेका ज्याकारान्डाले अहिले सहरलाई बैजनी रंगमा सजाइरहेका छन् ।

तस्वीर : सरोज बस्नेत/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved