विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

नेपालभ्युज

विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरमा कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवत-जावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको हो। मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहारसमेत गरेको छ।

प्रदेशको नाम कोसी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बूको शव श्रद्धाञ्जलिका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved