गुल्मीमा डढेलो निभाउँदा जलेका अर्का एक जनाको पनि मृत्यु

नेपालभ्युज

गुल्मीमा डढेलो निभाउँदा जलेका अर्का एक जनाको पनि मृत्यु

गुल्मी। गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

घाइते भएका धुर्कोट-३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गत बिहीबार धुर्कोटको हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउने क्रममा जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका अर्का धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved